असार ४, बाँके
कुशल दलामी-बाँके:भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरूमा बसोबास गर्दै आएका ५२ हजार ३ सय ६० भूमिहीन परिवारलाई लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइएको छ।
कोहलपुर नगरपालिका, खजुरा, जानकी, बैजनाथ, राप्तीसोनारी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका गरी १ उपमहानगरपालिका, २ नगरपालिका र ५ गाउँपालिकामा नापजाँचको काम सम्पन्न भइसकेको छ।
अध्यक्ष खनालका अनुसार डुडुवा गाउँपालिकाले भने अहिलेसम्म कुनै पनि काम अघि नबढाएको खुलासा भएको छ।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा ३७७, कोहलपुर नगरपालिकामा ५८९, बैजनाथमा २३०, राप्तीसोनारीमा ५७५, नरैनापुरमा १०६, खजुरामा १३८, जानकीमा २२४ भूमिहीन दलितले जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) पाउनेछन्।
कोहलपुर नगरपालिकाको वडा नं ९ मा मात्र ६८ भूमिहीन सुकुमबासी र २२५ भूमिहीन दलितले लालपुर्जा पाइसकेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जानकारी दिनुभयो।
सरकारले लामो समयदेखि अधिकारविहीन रूपमा बसोबास गर्दै आएका भुमिहिन दलित,भुमिहिन तथा अव्यवस्थित बसोबासी भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरी उनीहरूलाई अधिकारसहितको नागरिक बनाउने प्रक्रिया तीव्र बनाएको अध्यक्ष खनालले बताउनुभयो ।
भुमी सम्बन्धि समस्या समाधान आयोग बाँकेका अध्यक्ष खनाल यश अघि यसरी सार्बजनिक पदमा थिएनन् । यो पहिलोपटक हो जुन अति महत्त्वपूर्ण जिम्मेवारीमा रहेका छन् । लामो समय नेकपा एमालेको राजनीति गरेका खनाल चुनावी कमान्डर भएर धेरै सहकर्मीहरुलाई चुनाव जिताउन सफल भएका नेता मध्ये खनालको नाम पनि आउने गर्छ। ब्यवसायीक घरानाका खनाल समाज सेवाकै लागि राजनीति गरेको उनी निकट स्रोतले बताउँछन् ।
अब एउटा सुनौलो अवसर र चुनौती दुबै खनालका अगाडि छन् । यो अहिलेको जिम्मेवारी पूरा कार्यकाल काम गर्न पाए राम्रो नतिजा दिन सक्ने हो भने राजनीतिमा सफल हुन कसैले रोक्न सक्ने छैन।
आफ्नो वरपरको सल्लाहकार कस्ता राख्छन् र सल्लाह सुझाव कसरी कार्यान्वयन गर्छन् त्यो पनि हेर्न बाँकी नै छ। अहिलेको कामको प्रकृति र स्प्रीरिट हेर्ने हो भने खनालले गरेको कामले नतिजा दिनेमा दुई मत छैन।