Tuesday, July 1, 2025
spot_imgspot_img
Homeस्थानीयदलितका लागि दलित’जाजरकोट संयोजकमा केबी दर्शन 

दलितका लागि दलित’जाजरकोट संयोजकमा केबी दर्शन 

जाजरकोट, असार ४ – दलित समुदायको अधिकार, समानता र सशक्तिकरणको उद्देश्यले संचालन भइरहेको ‘दलितका लागि दलित’ अभियान जाजरकोट को संयोजकमा चर्चित पत्रकार कालिबहादुर नेपाली (केबी दर्शन) लाई नियुक्त गरिएको छ।

विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रही दलित समुदायका आवाजलाई मुखरित गर्दै आएका पत्रकार केबी दर्शनले सामाजिक रुपान्तरणका लागि कलम र अभियान दुबै माध्यमबाट योगदान दिँदै आएका छन्। अभियानका केन्द्रिय प्रतिनिधिमण्डलको सर्वसम्मत निर्णयमा उनलाई संयोजकको जिम्मेवारी सुम्पिएको हो।

संयोजक नियुक्त भएपछि प्रतिक्रिया दिंदै पत्रकार दर्शनले भने, “दलित समुदायको आत्मसम्मान, अधिकार र अवसरको सुनिश्चितताको लागि अब अभियानलाई थप प्रभावकारी बनाइनेछ।”

‘दलितका लागि दलित’ अभियानले जाजरकोट जिल्लाभित्र दलित समुदायमा शिक्षा, स्वरोजगार, सशक्तिकरण र भेदभाव विरुद्धको चेतना फैलाउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वबाट अभियान अझ क्रियाशील र नतिजामूलक हुने विश्वास लिइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments