Tuesday, July 1, 2025
spot_imgspot_img
Homeसमाजशिक्षाआशिका योगीको उपचारका लागी खगेन्द्र द्वारा सहयोग

आशिका योगीको उपचारका लागी खगेन्द्र द्वारा सहयोग

बैजनाथ, बाँके — बैजनाथ गाउँपालिका–६ निवासी १८ वर्षीया आशिका योगी गम्भीर स्वास्थ्य समस्याबाट पीडित भई हाल भारतको लखनउस्थित मेदान अस्पतालमा उपचाररत छिन्। विद्यालय हिमालय विद्यनिकेतनमा कक्षा ११ मा अध्ययनरत आशिकालाई जलनसम्बन्धी गम्भीर अवस्था आएपछि भारत लगिएको थियो।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएपछि विद्यालय परिवारले सबैमा सहयोगको अपिल गरेको छ। आशिकाको नाममा मो.बैंक खाता खोलिएको छ, जसमा QR कोडमार्फत सिधा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यहि क्रममा बैजनाथ–५, जी गाउँ निवासी सकारात्मक सोच भएका युवा राजनीतिक व्यक्तित्व खगेन्द्र तिरुवाले आशिका योगीको उपचारका लागि रु ५,१०० (पाँच हजार एक सय रुपैयाँ) आर्थिक सहयोग गरेका छन्। विद्यालय परिवारले उहाँप्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरेको बताएको छ।

विद्यालयले भनेको छ, “संकटको घडीमा खगेन्द्र जस्ता सहृदय व्यक्तिहरूको सहयोगले समाजलाई उर्जा दिन्छ।”

विद्यालय, शिक्षक, साथीहरू र सम्पूर्ण समुदायले आशिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप सहयोगको अपिल गरेका छन्।

सहयोग गर्न चाहनेले आशिकाको अभिभावक सुस्मिता योगीको नाममा खोलिएको मो.बैंक खातामा QR कोड स्क्यान गरी रकम ट्रान्सफर गर्न सक्नेछन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments