कोहलपुर, बाँके – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कोहलपुर नगर समितिको दोस्रो नगर अधिवेशन यही २०८२ साल असार ७ गते अधिवेशनको लोगो सार्बजनिक गरिएको नगर अध्यक्ष एवं जिल्ला उपाध्यक्ष शिव प्रसाद डाँगीले जानकारी दिनुभएको छ। अधिवेशन कोहलपुर नगरपालिका ११ दशबिगाहा पुर्बगेट स्थित होटल ट्रीटप हेभनको सभाहलमा आयोजना गरिने भएको छ।
“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ हुने उक्त अधिवेशनमा पार्टीका प्रदेशस्तरीय नेताहरुको उपस्थिति रहने जानकारी प्राप्त भएको छ। नगर अध्यक्ष शिवप्रसाद डाँगीका अनुसार अधिवेशनमा पार्टीको सांगठानिक समीक्षाका साथै आगामी कार्ययोजना तय गरिनेछ।
अधिवेशनमा राजनीतिक, सांगठनिक र सामाजिक विषयमा गहन छलफल हुने र कोहलपुर नगरस्तरका नयाँ नेतृत्व चयन गरिने छ। कार्यक्रममा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिने र कार्यकर्ताबीच अनुभव आदानप्रदान गरिने सचिव तेज प्रसाद अधिकारीले जानकारी दिनुभएको छ।
पार्टीको लोगो, झण्डा, चिनारीसहित व्यापक तयारीका साथ अधिवेशनको प्रचारप्रसार भइरहेको छ। कार्यक्रमलाई सफल बनाउन नगर समितिका सबै वडास्तरीय कमिटीहरू, जनसंगठनहरू र शुभेच्छुकहरू सक्रिय रुपमा जुटेका छन्।