Tuesday, July 1, 2025
spot_imgspot_img
Homeसमाजज्ञानेचौरमा खानेपानी योजनाको:उपप्रमुख लामिछाने द्वारा अनुगमन 

ज्ञानेचौरमा खानेपानी योजनाको:उपप्रमुख लामिछाने द्वारा अनुगमन 

जाजरकोट :नलगाड नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा नं १ को ज्ञानेचौरमा निर्माणाधीन खानेपानी योजनाको अनुगमन गरिएको छ।

अनुगमन कार्यक्रममा नलगाड नगरपालिकाकी उपप्रमुख देवका लामिछानेको विशेष उपस्थिति रहेको थियो। योजना अन्तर्गत स्थानीयवासीको घर आँगनमै पानीको धारा पुग्न थालेपछि स्थानीयवासीहरू खुसी र उत्साहित देखिएका छन्।

उपप्रमुख लामिछानेले स्थलगत निरीक्षण गर्दै योजनाको कार्यान्वयन गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइन्। उनले जल जीवन hygiene सँग जोडिएका यस्ता योजना ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्न अत्यन्त उपयोगी हुने बताइन्।

स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली र उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अनुगमन कार्यक्रममा स्थानीयहरूले नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्।

“अब पानीको लागि खोल्सासम्म धाउनु पर्दैन, घरमै धारा आएको छ, साँच्चै खुसी लाग्यो,” एक स्थानीय महिलाले प्रतिक्रिया दिइन्।

नलगाड नगरपालिकाले खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका आधारभूत सेवामा केन्द्रित भई विकास योजनाहरू अघि बढाइरहेको उप प्रमुख लामिछानेले बताउनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments