कोहलपुर, बाँके —
लुम्बिनी प्रदेश सरकारको क्षेत्र विकास कोषबाट विनियोजन भएको बजेट अन्तर्गत कोहलपुर क्षेत्रमा सिकल सेल रोग पीडित तथा उनीहरूका परिवारलाई लक्षित गर्दै ढकिया बुन्ने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ।
उक्त कार्यक्रममार्फत करिब २० जना सिकल सेल रोगका बिरामी र उनीहरूका घरपरिवारका सदस्यहरूलाई घरेलु सीप विकास गरी आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ। सिकल सेल रोगका कारण दीर्घकालीन उपचार, शारीरिक कमजोरी र आर्थिक अभावको समस्या भोगिरहेका व्यक्तिहरूलाई परम्परागत सीपमार्फत घरमै बसेर आम्दानी गर्न सक्ने अवसर सिर्जना गरिनु सकारात्मक पहल हो।
उक्त तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमको आयोजना, व्यवस्थापन र समन्वय कार्य घरेलु कार्यालय र सिद्धार्थ एकीकृत विकास केन्द्रको सक्रियतामा सम्पन्न भएको हो।
प्रशिक्षक, आयोजक संस्था, सहयोगी निकाय तथा यो मानवीय र सीमित क्षमताभित्र आर्थिक सम्भावना उजागर गर्ने कार्यमा जोड दिएकाहरूलाई कार्यक्रम सहभागीहरूले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
यो कार्यक्रम सिकल सेल पीडित समुदायका लागि आत्मनिर्भरता र गरिमामय जीवन यापन को नयाँ ढोका खोल्ने विश्वास लिईएको लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी चौधरीले बताउनुभयो ।