Saturday, September 13, 2025
spot_imgspot_img
Homeसमाजबैजनाथमा नमूना कृषि क्रान्ति : किसानलाई ७०% अनुदानमा ई-लोडिङ अटो रिक्सा वितरण

बैजनाथमा नमूना कृषि क्रान्ति : किसानलाई ७०% अनुदानमा ई-लोडिङ अटो रिक्सा वितरण

बाँके, बैजनाथ — बैजनाथ गाउँपालिकाले किसानको मागमा आधारित भएर “किसानसँग पालिका प्रमुख” कार्यक्रमअन्तर्गत देशमै नमूना बन्नेगरी कृषि क्रान्तिको बाटोमा अघि बढेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषि उत्पादनलाई थप प्रोत्साहन गर्न ७० प्रतिशत अनुदानमा ढुवानीका लागि आवश्यक साधन — ई-लोडिङ अटो रिक्सा — वितरण गरेको छ।

उक्त कार्यक्रमअन्तर्गत सुचिकृत कृषि समूह तथा फार्महरूले आवेदन दिएबमोजिम छनोट गरिएकामध्ये ११ वटा ई-रिक्सा वितरण गरिएको बैजनाथ गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार कृषि उत्पादनको बजारीकरण र लागत घटाउन सहयोग पुर्‍याउने उद्देश्यले यो योजना अघि बढाइएको हो। गाउँपालिका अध्यक्षको प्रत्यक्ष नेतृत्वमा सञ्चालन भएको यो कार्यक्रमले कृषकहरूमा उत्साह थपेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments