कुशल दलामी, बाँके
बाँके, नेपालगञ्ज –
भारतमा लामो समय नेपाली यात्रुहरूलाई सेवा दिएका मोहन सिंह ठकुरी दुई दशकपछि नेपाल फर्किएर (ईन्ट्री)‘रोयल सगरमाथा टुर्स एन्ड ट्राभल्स प्रा.लि.’ सञ्चालनमा ल्याएका छन्।
नेपालगञ्जको पुष्पलाल चोकबाट सुरु गरिएको नयाँ ट्राभल्समार्फत गुजरातदेखि रुपैडियासम्मको बस सेवा पुनः सुरु गरिएको छ।
ठकुरीका अनुसार बस सेवा वापी, सुरत, अहमदावाद, उदयपुर, जयपुर, आगरा, लखनउ, बाराबंकी हुँदै रुपैडियासम्म ३ दिनमा पुग्नेछ। हाल गुजरात, पुणे र बेङ्गलोरबाट दैनिक ५–६ वटा सिल्पर बस चलाइँदैछ।
निकट भविष्यमा १०–१० दिनको फरकमा एसी बस सेवा समेत सुरु गरिनेछ। AC बसको भाडा रु. ३५०० र सामान्य बसको भाडा २ हजार रहेको जानकारी अध्यक्ष ठकुरीले दिनुभयो।
“अब नेपालमै बसेर आफ्ना नेपाली दाजुभाइलाई भारत यात्रामा सहजता दिने छु,” ठकुरीले भन्नुभयो।ट्राभल्सको औपचारिक उद्घाटन आगामी २ हप्ताभित्र गरिने जनाइएको छ।