बैजनाथ, बाँके |
बैजनाथ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आफ्ना मातहतका सामुदायिक विद्यालयहरूमा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। २०७९ सालमा गठित शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन समितिको सिफारिस र शिक्षा मन्त्रालयको मापदण्डअनुसार उक्त कार्य सुरु गरिएको हो।
सूचनाका अनुसार पालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयमा रिक्त तथा आवश्यकता अनुसार दरबन्दी समायोजन गर्न दरखास्त आह्वान गरिएको छ। स्थायी दरबन्दीमा कार्यरत शिक्षकहरूलाई तोकिएको मिति भित्र आवश्यक कागजातसहित निवेदन दिन भनिएको छ।
📚 दरबन्दी मिलान हुने विद्यालयहरू: 1. रारा मावि, बैजनाथ–१, गाभर
2. ने.रा.मा.वि., बैजनाथ–३, नौवस्ता
3. ने.रा.मा.वि. मेमोरियल, बैजनाथ–४, बनियाँभार
4. ने.रा.मा.वि., बैजनाथ–४, नौलापुर
5. सामावेशी मावि, तिलकपुर
6. ने.रा.मा.वि.,बैजनाथ ५ गुरुवागाउँ
7. ने.रा.मा.वि., बैजनाथ ६ ओलिलापुर
8. ने.रा.मा.वि.,बैजनाथ ८ टिटिहिरिया
9. ईश्वरी मावि, बैजनाथ–६, एच गाउँ
🗂️ आवश्यक कागजातहरू: दरखास्त (अनुरुप फाराममा) नागरिकताको प्रमाणपत्रको प्रतिलिपिस्थायी नियुक्तिपत्रको प्रतिलिपि ,शैक्षिक योग्यता प्रमाणपत्र,हाल कार्यरत विद्यालयको प्रमाणपत्र,यदि महिला शिक्षक भएमा विशेष अवस्था भए स्पष्ट खुलाउने कागजात
शिक्षा शाखाका अनुसार दरबन्दी मिलानपछि शिक्षण सिकाइमा थप प्रभावकारिता आउने, शिक्षकको कार्यस्थल स्थायीत्वमा सुधार हुने, र समग्रमा गुणस्तरीय शिक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाल द्वारा हस्ताक्षरित सूचनामा सबै योग्य शिक्षकहरूलाई तोकिएको मिति नछुटाई दरखास्त दिन आग्रह गरिएको छ।