Friday, August 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियनेता विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वान–टु–वान भेटवार्ता

नेता विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वान–टु–वान भेटवार्ता

काठमाडौं:नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले शनिबार पार्टी मुख्यालय च्यासलमा करिब दुई घण्टा लामो एक्लाएक्लै (वान-टु-वान) भेटवार्ता गर्नुभएको छ।

नेता भण्डारीको सचिवालयले दिएको जानकारी अनुसार, समसामयिक राजनीतिक विषयमा कुराकानी केन्द्रित रहेको थियो।

भेटपछि सञ्चारकर्मीहरूसँग छोटो कुराकानी गर्दै नेता भण्डारीले आफूले एमाले पार्टीको सदस्यता नविकरण गरिसकेको स्पष्ट पार्नुभयो। उहाँले भनिन्, “त्यो त पुरानो कुरा हो, पार्टी सदस्य नविकरण भइसकेको छ।”

गतरात्रि एमाले प्रचार विभाग प्रमुखले नेता भण्डारीको सदस्यता पेन्डिङ रहेको दाबी गरेका थिए। तर, भण्डारीको प्रतिकृयाले त्यसलाई खण्डन गरेको देखिन्छ।

पूर्वराष्ट्रपति भण्डारीको सक्रियता बढ्दै गएको सन्दर्भमा, एमाले महासचिव शंकर पोखरेलले यो सक्रियता दुई राजनीतिक दलबीच स्थिर सरकार निर्माणको प्रयासमा रहेको बताउनुभएको छ। प्रधानमन्त्री ओली पनि पार्टीले महिला प्रधानमन्त्री बनाउने अभियानमा रहेको धारणा सार्वजनिक गरिसक्नुभएको छ।

नेता भण्डारीले राजनीतिक विषयमा धारणा राख्दै राष्ट्रपति र राजाको भूमिकालाई पृथक बताउनुका साथै, सेरेमोनियल र कार्यकारी अधिकार फरक विषय भएको प्रस्ट पार्नुभएको छ। उहाँले बहुदलीय जनवादको अभ्यास गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

यस भेटवार्ताले एमालेभित्रको आन्तरिक समीकरण र महिला नेतृत्वको सम्भावनालाई बल दिएको विश्लेषण गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments