Wednesday, July 30, 2025
spot_imgspot_img
Homeस्थानीयबैजनाथ ६ का केसीको मलेशियामा मृत्यु, शव शनिबार स्वदेश आउने

बैजनाथ ६ का केसीको मलेशियामा मृत्यु, शव शनिबार स्वदेश आउने

 

बैजनाथ (बाँके), साउन ८ 
बैजनाथ गाउँपालिका वडा नं. ६, लालपुर बाँके निवासी लाल बहादुर केसीको मलेशियामा रोजगारीको क्रममा मृत्यु भएको छ। पारिवारिक स्रोतका अनुसार उनको शव आगामी शनिबार स्वदेश ल्याइने तयारी गरिएको छ।

लाल बहादुर केसी बुबा हरि बहादुर केसी र आमा तुला कुमारी केसीका कान्छा छोरा हुन्। विगत केही वर्षदेखि मलेशियामा कार्यरत उनी आफ्ना सपना बोकेर घर फर्किन चाहन्थे, तर दुर्भाग्यवश बाकसमा फर्किनुपर्ने स्थिति आयो। उनको मृत्युको खबरले केवल परिवारजन मात्र होइन, सिङ्गो गाउँ नै शोकमा डुबेको छ।

“मनमा हजारौं सपना सजाएर घर फर्किने तयारीमा थिए बाबु, तर अब बाकसमा आइपुग्ने भएका छन्,” एक आफन्तले भने। वैदेशिक रोजगारीमा गएकाहरूको पीडा यस घटनाले फेरि एकपटक उजागर गरेको छ।

लाल बहादुर केसीको मृत्यु एउटा उदाहरण मात्र हो, सयौं नेपालीहरू रोजगारीको खोजीमा विदेशी भूमिमा पुग्छन् तर दुर्भाग्यवश धेरैजसो बाकसमा फर्किरहेका छन्। यदि स्वदेशमै सम्मानजनक रोजगारीको ग्यारेन्टी, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क तथा पहुँचयोग्य हुने हो भने युवाहरू परदेशिनु पर्ने अवस्था आउने थिएन।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments