Thursday, October 30, 2025
spot_imgspot_img
Homeसमाजपाल्पामा खानेपानी संस्थाको निर्वाचन : संसदीय चुनावझैं चहलपहल, दुई प्यानलबीच प्रतिस्पर्धा

पाल्पामा खानेपानी संस्थाको निर्वाचन : संसदीय चुनावझैं चहलपहल, दुई प्यानलबीच प्रतिस्पर्धा

पाल्पा  भदौ २१ –पाल्पाको रामपुरमा शनिवार बिहानदेखि साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। संसदीय चुनावको झल्को दिनेगरी कडाइका साथ भइरहेको निर्वाचनमा उपभोक्ताहरू लाममा उभिएर मतदान गरिरहेका छन्।

रामतुलसी नमुना माध्यमिक विद्यालयको परिसरमा कूल ६ वटा छुट्टाछुट्टै ब्लक बनाएर मतदान केन्द्र सञ्चालनमा ल्याइएको छ। मतदान स्थल वरिपरि सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ३५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा २१ जना जिल्ला प्रहरी कार्यालयबाट खटिएका छन्।

निर्वाचन समितिका संयोजक सूर्यदर्शन पण्डितका अनुसार, सर्वसहमतिमा नेतृत्व चयन हुन नसकेपछि तेस्रो अधिवेशनअन्तर्गत शनिबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु गरिएको हो। मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ।

मतदान प्रक्रियालाई व्यवस्थित गर्न ४२ जना कर्मचारी तथा सहयोगी परिचालन गरिएको छ। मतदाता परिचयको लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र वा जग्गाधनी पूर्जाको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ।

ज्येष्ठ नागरिक सङ्घ पाल्पाका अध्यक्ष देवराज ढकालले पहिलो मतदान गर्दै निर्वाचनको औपचारिक सुरुवात गर्नुभयो।

यसपटकको निर्वाचनमा दुई मुख्य प्यानलबीच प्रतिस्पर्धा छ। नेपाली कांग्रेसका तर्फबाट हजुल मियाँ र वाम-गठबन्धन (एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, र राष्ट्रिय जनमोर्चा) बाट कमलराज भट्टराई अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्।

अध्यक्षसहितको ९ सदस्यीय कार्यसमितिका लागि १८ जना, ६ वटा ब्लक संयोजक पदका लागि १२ जना, र लेखा समिति अन्तर्गत ३ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। कुल ३,६८४ मतदाता रहेको यो संस्थाको निर्वाचन शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाका लागि सबै आवश्यक प्रबन्ध मिलाइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments