Saturday, September 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियनाट्टा च्याप्टर बाँके अध्यक्षमा रेग्मी निर्वाचन

नाट्टा च्याप्टर बाँके अध्यक्षमा रेग्मी निर्वाचन

नेपालगन्ज:बाँकेको कोहलपुर नगरपालिका १३ पर्यटकिय क्षेत्र भरैया स्थित भरैया फार्मस्टेको सभाहलमा भएको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टको तेस्रो अधिवेशनबाट अध्यक्ष डिल्लीराज रेग्मी लगाएत पदाधिकारी ११ सदस्य कार्यसमिति निर्वारोध निर्वाचित भएका छन्।

उक्त कार्यक्रमको उद्घाटन सत्रका सभाध्यक्ष नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देल प्रमुख अतिथी कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदी नेपाल रेडक्रस सोसाइटी केन्द्रिय महामन्त्री मीन बहादुर मल्ल बुद्ध एरलाईन्स नेपालगन्ज मेनेजर बिनित शाह लगाएत लगाएत संस्थाका पदाधिकारी सदस्यहरुको उपस्थित रहेको थियो।


उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुबेदीले बाँकेको बिकास गर्न पर्यटन प्रवद्वन गर्न आर्थिक बिकास गर्न नाट्टा बाँकेको अहम भुमिका भएको र अझै प्रभावकारी बनाउन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

तेस्रो अधिवेशन बाट अध्यक्ष डिल्लीराज रेग्मी प्रबन्ध निर्देशक डोल्पोसागर टुर्स एण्ड ट्राभल्स प्रा.लि. नेपालगन्ज एयरपोर्ट, बाँके उपाध्यक्ष झविलाल शर्मा प्रबन्ध निर्देशक मोनाईसा टुर्स एण्ड ट्राभल्स प्रा.लि. नेपालगन्ज, बाँके महासचिव भागीराम वली प्रबन्ध निर्देशक दिपशन टुर्स एण्ड ट्राभल्स प्रा.लि. कोहलपुर–११, न्यूरोड, बाँके सचिव रेशम बहादुर खत्री प्रबन्ध निर्देशक नमोबुद्ध ट्राभल्र्स एण्ड टुस प्रा.लि. नेपालगन्ज, बाँके कोषाध्यक्ष – कुमार चाल्स श्रेष्ठ प्रबन्ध निर्देशक वेस्टजोन टुर्स एण्ड ट्राभल्स प्रा.लि. नेपालगन्ज, बाँके सह–कोषाध्यक्ष लवराज प्रधान प्रबन्ध निर्देशक बेस्ट मिडवेस्ट टुर्स एण्ड ट्राभल्स प्रा.लि. कोहलपुर, न्यूरोड, बाँके,कार्यकारी सदस्य अल्पना गुप्ता प्रबन्ध निर्देशक ब्लेस होलिडेज प्रा.लि. नेपालगन्ज, बाँके,कार्यकारी सदस्य कुल बहादुर के.सी. प्रबन्ध निर्देशक भेरी नेपालगन्ज टुर्स एण्ड ट्राभल्स प्रा.लि. नेपालगन्ज, बाँके, कार्यकारी सदस्य शम्भु कुमार बुढाथोकी प्रबन्ध निर्देशक आर एण्ड एस टुर्स एण्ड ट्राभल्स प्रा.लि. नेपालगन्ज, बाँके ,कार्यकारी सदस्य हरिप्रसाद शर्मा प्रबन्ध निर्देशक अम्बिकेश्वरी टुर्स एण्ड ट्राभल्स प्रा.लि. नेपालगन्ज, बाँके कार्यकारी सदस्य – कुशल दर्लामी संचालक लर्ड सिद्धार्थ ट्राभल्स प्रा.लि. पुष्पलालचोक, नेपालगन्ज, बाँके  निर्विरोध निर्वाचित भएको महासचिव भागिराम ओलीले जानकारी दिनुभयो ।


नवनिर्वाचित पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष श्रीराम सोग्देलले टीका खादा लगाएर बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा अझै उत्कृष्ट आर्थिक बिकास सम्बन्धि काम गरेर नयाँ नतिजा सहित नयाँ उचाईमा पुर्याउन  आर्थिक समृद्धि गर्न नयाँ निर्वाचित कार्यसमितिलाई बधाई ब्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष डिल्लीराज रेग्मीले आफ्नो कार्यदक्षताले भ्यायसम्म नाट्टा च्याप्टर बाँकेलाई देश बिदेशमा चिनाउन मात्र नभएर स्वदेशी तथा बिदेशी पर्यटन भित्र्याउन र आर्थिक स्तर उकास्न आफू र आफ्नो नवनिर्वाचित सम्पुर्ण टिमले संस्थाले शुरु गरेका सबै राम्रा कामहरुको निरन्तरता संगै सकेजती अझै उत्कृष्ट कार्य गरेर नयाँ नयाँ योजना सहित संस्थालाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको नाट्टा बाँकेका कार्यकारी सदस्य कुशल दलामीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments