Monday, September 8, 2025
spot_imgspot_img
Homeसमाजनिजामती सेवा जनउत्तरदायी हुनुपर्छ:मुख्यमन्त्री आचार्य

निजामती सेवा जनउत्तरदायी हुनुपर्छ:मुख्यमन्त्री आचार्य

बुटवल भदौ २३- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने आवश्यकता औंल्याउनु भएको छ । प्रदेश निजामती सेवा दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले अबको निजामती सेवा प्रविधिमैत्री, समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले निजामती सेवालाई सुधार गर्न निरन्तर प्रयास गरिरहेको छ ।

उहाँले भने, “निजामती सेवाको गौरव अझ बढाउन कर्मचारी आफैं सचेत, सजग र जिम्मेवार हुनुपर्छ । मुख्यमन्त्रीले निजामती सेवा ऐन, २०१३ भदौ २२ गते जारी भएको उल्लेख गर्दै यो सेवा आजसम्म आइपुग्दा ६९ वर्ष पुगेको स्मरण गर्नुभयो। यस अवधिमा देशमा राजनीतिक परिवर्तन, शासन प्रणालीको फेरबदल र संरचनागत चुनौती भए पनि निजामती सेवा राज्यको मेरुदण्ड र जनसेवाको आधार बन्दै आएको उहाँको भनाइ थियो ।

सन्देशमा उहाँले संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहमा निजामती सेवाको भूमिका अझै फैलिएको भन्दै, कर्मचारीहरूले ज्ञान, सिप, इमानदारी र सकारात्मक सोच लिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments