काठमाण्डौ भदौ २३ – राजधानीको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो।
कर्फ्यु लगाउनुको कारण जनाउँदै प्रशासनले सार्वजनिक सुरक्षामा गम्भीर जोखिम उत्पन्न भएकाले निर्णय लिनु परेको जनाएको छ। यसबिच नयाँ बानेश्वर क्षेत्रमा ‘जेन जेड’ पुस्ताका युवाहरूले प्रदर्शन गरिरहेका छन्।
केही प्रदर्शनकारी प्रहरीको घेराबन्दी तोड्दै संसद् भवनभित्रै प्रवेश गरेका छन्। उनीहरू संसद् परिसरमा छिरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको पुष्टि भएको छ ।
प्रशासनले कर्फ्यु अवधिभर नयाँ बानेश्वर क्षेत्रमा अनावश्यक आवागमन नगर्न आग्रह गरेको छ। सुरक्षा निकायहरू तैनाथ गरिएका छन् र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको जनाइएको छ।