काठमाण्डौ भदौ २३– जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले राजधानीका विभिन्न संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गर्दै त्यसको क्षेत्र थप विस्तार गरेको छ । यसअघि दिउँसो नयाँ बानेश्वर क्षेत्रमा ‘जेन जेड’ पुस्ताको सक्रियता र सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। त्यसपछि पुनः अर्को सूचना जारी गर्दै प्रशासनले शीतल निवास आसपासको महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास रहेको लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा समेत कर्फ्यु लगाएको हो ।
यसअघि प्रशासनले माइतीघर, नयाँ बानेश्वर, तीनकुने र शंखमूल आसपासका क्षेत्रहरूमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको थियो । प्रशासनले नागरिकहरूलाई कर्फ्यु प्रभावित क्षेत्रमा अनावश्यक आवागमन नगर्न तथा शान्ति सुरक्षा कायम राख्न सहयोग पुर्याउन आग्रह गरेको छ।