काठमाडौँ, भदौ २३ – काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा घाइते भएका एक जनाको उपचार क्रममा मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । घाइतेमध्ये मृत्यु भएकालाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गरिएको थियो। अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले मृत्युको पुष्टि गरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीमध्ये करिब ७० जना घाइते भएका प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिनुभएको छ । प्रशासनले घाइतेहरूको लागि आवश्यक सहयोग जारी राखेको छ भने घटनाको थप छानबिन भइरहेको छ ।