झापा भदौ २३ – सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा आन्दोलित जेनजी पुस्ताले झापाको दमकमा प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा आक्रोशित प्रदर्शनकारीहरूले एक मोटरसाइकलमा आगजनी गरेका छन् ।
प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि प्रहरीले स्थिति नियन्त्रण गर्न केही राउण्ड हवाई फायर चलाएको र अश्रुग्यास प्रहार गरेको बताएको छ। प्रहरी र प्रदर्शनकारी दुवै पक्षबाट केही जनालाई चोट लागेको प्रहरीले जनाएको छ । स्थानीय स्रोतका अनुसार, प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै सरकारविरुद्ध नारा लगाएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरेको छ र तनावपूर्ण अवस्था कायमै रहेको छ ।
प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्न सरकारलाई आग्रह गर्दै आएका छन् । प्रशासनले नागरिकहरूलाई असामाजिक क्रियाकलापबाट बच्न र सुरक्षा नियमको पालना गर्न अनुरोध गरेको छ।