Monday, September 8, 2025
spot_imgspot_img
Homeराष्ट्रियजेन-जी आन्दोलनः सरकारलाई जिम्मेवार बन्न प्रचण्डको आग्रह

जेन-जी आन्दोलनः सरकारलाई जिम्मेवार बन्न प्रचण्डको आग्रह

काठमाडौं भदौ २३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनका क्रममा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

सोमबार प्रचण्डले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । उहाँले स्थिति थप बिग्रन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रचण्डले सोमबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतक युवाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।

‘आज जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले हामी सबैलाई स्तब्ध र गम्भीर बनाएको छ,’ उहाँले भन्नुभयो, ‘प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना गर्दछु । सोमबार देशव्यापी भएको प्रदर्शनमा नयाँ बानेश्वर क्षेत्रका प्रदर्शनकारीहरू प्रहरीको गोली लागेर एक जनाको निधन भएको छ भने दर्जनौं युवा घाइते भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments