Wednesday, September 10, 2025
spot_imgspot_img
Homeसमाजनौबस्ता बाल सुधारगृहमा झडप, पाँच बालबन्दीको मृत्यु

नौबस्ता बाल सुधारगृहमा झडप, पाँच बालबन्दीको मृत्यु

नेपालगन्ज भदौ २५ – बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित नौबस्ता बाल सुधारगृहमा मंगलबार राति भएको झडपमा पाँच जना बालबन्दीको ज्यान गएको छ । सुरक्षाकर्मीको हतियार खोस्ने प्रयासपछि उत्पन्न तनावका क्रममा प्रहरीले गोली चलाउँदा पाँच बालबन्दीको मृत्यु भएको र चारजना गम्भीर घाइते भएका छन्। घटनाबारे नौबस्ता बाल सुधारगृह प्रशासनले जानकारी दिएको हो ।

झडपको बेलामा करिब ८० जना बालबन्दी सुरक्षा घेरा तोडेर फरार भएका छन् भने सुधारगृहसँगै रहेको नौबस्ता कारागारका कैदीबन्दीहरू पनि भागेको जनाइएको छ । मृत्यु हुनेहरूमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्। उनीहरूको शव हाल नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ ।

घटनामा घाइते भएका अन्य बालबन्दीहरूको पनि भेरी अस्पतालमा उपचार भइरहेको छ। प्रहरी प्रशासनका अनुसार फरार भएका बालबन्दी र कैदीहरूको खोजी जारी छ भने सुधारगृह र अस्पताल वरपरको सुरक्षा पनि कडा पारिएको छ । बाल सुधारगृहका प्रमुख श्याम बहादुर रानाले बुधबार बिहान सुधारगृहको अवस्था नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments