Monday, September 8, 2025
spot_imgspot_img
Homeसमाजकोहलपुरमा पनि जेनजी प्रदर्शन, सयौँ युवाहरू सहभागी

कोहलपुरमा पनि जेनजी प्रदर्शन, सयौँ युवाहरू सहभागी

कोहलपुर भदौ २३ – बाँकेको कोहलपुरमा पनि जेनजी पुस्ताले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सयौँ युवा सहभागि भएका थिए ।

कोहलपुरसँगै जेनजी पुस्ताले नेपालगन्ज, विराटनगर, काठमाडौं, बुटवल, चितवन, पोखरा लगायतका विभिन्न प्रमुख शहरमा सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्न र भ्रष्टाचार विरुद्ध कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले सरकार बिरुद्ध नारा लगाउँदै शान्तिपूर्ण तर आक्रामक रूपमा आफ्नो आवाज उठाएका थिए । यसअघि पनि देशभरका विभिन्न स्थानमा व्यापक रूपमा जेनजीको आन्दोलन जारी रहेको छ, जसले सरकारमाथि दबाब सिर्जना गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments