Thursday, September 11, 2025
spot_imgspot_img
Homeराष्ट्रियसोभिता गौतमको चेतावनी : “संसद विघटन जनताको सर्वोच्चतामाथि प्रहार हो”

सोभिता गौतमको चेतावनी : “संसद विघटन जनताको सर्वोच्चतामाथि प्रहार हो”

काठमाडौं भदौ २५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद विघटन गर्न नपाइने स्पष्ट चेतावनी दिएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले संसद विघटनको कुनै पनि प्रयास जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चतालाई संकटमा पार्ने बताएकी हुन् ।

उनको भनाइमा, “संसद विघटन गर्नु भनेको जनता नै संकटमा पार्नु हो। जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता जोखिममा पर्ने खतरनाक संकेत हो ।

सांसद गौतमले हाल चलिरहेको जेन–जी आन्दोलनको सन्दर्भमा संसद विघटनको चर्चा हुनु नै खतरनाक संकेत भएको बताउँदै, समस्याको समाधान संसद विघटनबाट होइन, संवाद र न्यायिक प्रक्रियाबाट खोजिनुपर्ने धारणा राखेकी छन्।

उनले भनिन्, “नेता पो भ्रष्टाचारी भएका हुन्, ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो ।

गोली चलाउनेहरूलाई कानुनी कठघरामा ल्याउन माग

गौतमले सोमबारको आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई अपराधी ठहर गर्दै तिनीहरूलाई कानुनी कारबाहीमा ल्याउन सरकारसँग माग गरेकी छन् । उनको भनाइमा, “गोली चलाउनेहरू र आदेश दिनेहरू अपराधी हुन्। उनीहरूलाई कानुनको कठघरामा उभ्याउनुपर्छ ।

संवादमै समाधान खोज्न सुझाव

गौतमले आन्दोलनको समाधान संवादमार्फत खोजिनु पर्ने र यसका लागि संसदको अस्तित्व जोगाउनु अत्यावश्यक रहेको बताइन्। उनले संसद विघटनको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्दै लोकतन्त्रको रक्षा गर्न सबै राजनीतिक पक्षहरूलाई जिम्मेवार बन्न आग्रह गरेकी छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments