Friday, October 31, 2025
spot_imgspot_img
Homeराष्ट्रियजेन–जी’ आन्दोलन: खोसिएका हातहतियार र सामग्री बुझाउन प्रहरीको आग्रह

जेन–जी’ आन्दोलन: खोसिएका हातहतियार र सामग्री बुझाउन प्रहरीको आग्रह

काठमाडौं भदौ २६ –‘जेन–जी’ आन्दोलनका क्रममा खोसिएका हातहतियार, सञ्चार उपकरण, सवारी साधन तथा अन्य भौतिक सामग्रीहरू फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको क्रममा प्रहरीबाट खोसिएका वा हराएका सामग्रीहरू फेला परेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन आह्वान गरेको हो । उक्त सामग्रीहरू स्थानीय प्रहरी, जिल्ला प्रहरी कार्यालय, सुरक्षा निकाय, प्रहरी कन्ट्रोल नम्बर, टोल फ्री नम्बर वा नेपाल प्रहरीको प्रधान कार्यालय मार्फत बुझाउन सकिने जनाएको छ ।

यसका साथै, आन्दोलनको क्रममा नियन्त्रणमा लिएको प्रहरी पोशाकको दुरुपयोग नगर्न पनि प्रहरीले कडा चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, प्रहरी पोशाक वा परिचयपत्रको गैरकानुनी प्रयोग कानुनअनुसार दण्डनीय अपराध हो ।

प्रहरीले हाल देशभरका संवेदनशील स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिँदै हिंसात्मक गतिविधि, तोडफोड, सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने कार्य नगर्न सबै पक्षलाई आग्रह गरेको छ । नेपाल प्रहरीको यो आग्रह आन्दोलन पश्चात उत्पन्न जटिल सुरक्षापरिस्थितिलाई सम्बोधन गर्न र कानुनी प्रक्रिया सुनिश्चित गर्न गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments