Monday, December 15, 2025
spot_imgspot_img
Homeराष्ट्रियभ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह

काठमाडौं भदौ २७- नेपाली सेनाले हालको परिस्थितिमा सेनासम्बन्धी विभिन्न टिका–टिप्पणी, धारणा र विश्लेषणहरू सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् फैलिरहेको भन्दै भ्रामक र झुटा समाचारप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गर्दै आफ्नो आधिकारिक धारणा, गतिविधि र जानकारीहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिने जानकारी दिएको छ । साथै, यस्ता माध्यमबाट बाहिर नआएका सूचना र समाचारहरूमा विश्वास नगर्न पनि सबैमा अपिल गरिएको छ ।

सूचनामा सेनाले देशभरका नागरिकलाई यथार्थ जानकारीको लागि जनसम्पर्क निर्देशनालय वा आठवटै पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न आग्रह गरेको छ । साथै, ती पृतना हेडक्वार्टरहरूको सम्पर्क नम्बरसहितको विवरण पनि सार्वजनिक गरिएको छ ।

नेपाली सेनाले गलत जानकारीबाट उत्पन्न हुन सक्ने भ्रम र आशंका कम गर्नका लागि सत्य, प्रमाणमा आधारित जानकारी मात्र ग्रहण गर्न र अनावश्यक हल्लाहरूबाट टाढा रहन सुझाव दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments