Friday, September 12, 2025
spot_imgspot_img
Homeराष्ट्रियप्रदर्शनपछि खाली रहेका प्रहरी कार्यालयहरूमा प्रहरी फर्किन थाले

प्रदर्शनपछि खाली रहेका प्रहरी कार्यालयहरूमा प्रहरी फर्किन थाले

काठमाडौं भदौ २७- जेनजीको आन्दोलनपछिको घटनाक्रममा खाली भएका काठमाडौं उपत्यकाभित्रका प्रहरी कार्यालयहरूमा पुनः काम सुरु भएको छ। नेपाल प्रहरीले सम्पर्कविहीन रहेका सबै प्रहरी कर्मचारी पुनः सम्पर्कमा आएसँगै सम्बन्धित प्रहरी वृत्तबाट सेवा पुनः सुरु गरिएको जानकारी दिएको हो । फर्किएका प्रहरीहरू हाल कार्यालयको सफा–सफाइ तथा पुनः व्यवस्था मिलाउने कार्यमा केन्द्रित रहेका छन् ।

काठमाडौं उपत्यकामा रहेका १७ वटा प्रहरी वृत्त तीनवटै जिल्लामा फैलिएका छन्, जसको नेतृत्व प्रहरी नायब उपरीक्षक (डीएसपी) ले गर्दै आएका छन्। आन्दोलनका क्रममा ती सबै वृत्तहरूमा आगजनी तथा तोडफोड भएको थियो ।

सम्पर्कमा आएका सुरक्षाकर्मीहरू फिर्ता आएपछि प्रहरीहरू पुनः आ–आफ्नो कार्यस्थलमा फर्किएर सेवा दिन थालेका हुन् ।ललितपुरको भैंसेपाटीमा स्थानीय बासिन्दाहरूले तोडफोडमा परेको प्रहरी चौकी सफा गरेर प्रहरीलाई पुनः बस्न आमन्त्रण गरेका छन्। फूलमालासहित स्वागत गरेर स्थानीयले सुरक्षाकर्मीप्रति सद्भाव प्रकट गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments