काठमाडौं भदौ २७- नेपालमा सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको भाउ आज तोलामा १,१०० रुपैयाँले वृद्धि भई २,१५,८०० रुपैयाँ पुगेको छ । यसअघि, अस्ति सुनको मूल्य २,१४,७०० रुपैयाँ प्रति तोला रहेको थियो ।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदी ५० रुपैयाँले बढेर आज तोलाको २,५६५ रुपैयाँ पुगेको छ। अस्ति चाँदीको मूल्य २,५१५ रुपैयाँ प्रति तोला थियो ।
महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, भन्सार शुल्क, तथा विनिमय दरका आधारमा दैनिक रुपमा नेपालमा सुनचाँदीको भाउ निर्धारण गरिन्छ ।