Saturday, September 13, 2025
spot_imgspot_img
Homeराष्ट्रियनेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको प्रधानमन्त्री मोदीको प्रतिबद्धता, कार्कीलाई शुभकामना

नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको प्रधानमन्त्री मोदीको प्रतिबद्धता, कार्कीलाई शुभकामना

काठमाडौँ भदौ २८ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् । नेपालमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको अवसरमा मोदीले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत शुभकामना व्यक्त गर्दै, भारत सदैव नेपाली जनताको शान्ति, प्रगति र समृद्धिको यात्रामा साथ रहने उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री मोदीले कार्कीलाई बधाई दिँदै लेखेका छन्, “नेपालकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक शुभकामना। भारत नेपालको समृद्धि, स्थायित्व र विकासको यात्रामा सदैव साथ रहनेछ।”

अन्तर्राष्ट्रिय समुदायको बधाई

पूर्वप्रधानन्यायाधीशको रूपमा पहिचान बनाएकी सुशीला कार्की नेपालको इतिहासमा अन्तरिम प्रधानमन्त्री बन्ने पहिलो महिला हुन्। उनी प्रधानमन्त्री बनेपछि संयुक्त राष्ट्रसंघ, भारत, बेलायत, जापान लगायत विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरूले बधाई तथा समर्थन जनाएका छन् । नेपालको राजनीतिक रूपान्तरणको नयाँ चरणमा भारतको समर्थनप्रति प्रधानमन्त्री मोदीको अभिव्यक्ति दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा पुनः पुष्टि भएको देखिएको छ । आगामी दिनमा नेपाल–भारत सम्बन्धले अझ सकारात्मक मोड लिने अपेक्षा गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments