Friday, October 31, 2025
spot_imgspot_img
Homeराष्ट्रियजेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्नेः मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ

जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्नेः मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ

काठमाण्डौ भदौ २९– जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०-१० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रमको अवसरमा मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई १०र१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

जेनजी आन्दोलन र प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको पनि उहाँले बताउनुभयो । मुख्यसचिव अर्यालका अनुसार एक सय ९१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments