Thursday, October 30, 2025
spot_imgspot_img
Homeसमाजजेनजी आन्दोलनमा ६२९ भवन पूर्णरूपमा क्षति, सरकारी सम्पत्तिमा ठूलो नोक्सानी

जेनजी आन्दोलनमा ६२९ भवन पूर्णरूपमा क्षति, सरकारी सम्पत्तिमा ठूलो नोक्सानी

काठमाडौँ, असोज ४ – भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण देशभर विभिन्न क्षेत्रका ६ सय २९ भवन पूर्णरूपमा ध्वस्त भएका छन्। आन्दोलनका क्रममा १,५६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, क्षति पुगेका संरचनामध्ये नेपाल प्रहरीका १७७ भवन पूर्णरूपमा नष्ट भएका छन् भने २५८ प्रहरी भवनमा आंशिक क्षति पुगेको छ ।

प्रहरीको प्रारम्भिक विवरण अनुसार, आन्दोलनले ३१० वटा सरकारी कार्यालयहरू पूर्णरूपमा ध्वस्त बनाएको छ। त्यस्तै, ८३६ वटा सरकारी भवनहरूमा आंशिक क्षति पुगेको छ ।

व्यापारिक र निजी सम्पत्तिहरू पनि आन्दोलनको चपेटामा परेका छन्। हालसम्मको तथ्याङ्क अनुसार, ९७ वटा निजी तथा व्यापारिक भवन पूर्ण रूपमा नष्ट भएका छन् भने २९२ भवनमा आंशिक क्षति पुगेको छ ।

राजनीतिक दलका कार्यालयहरूसमेत आन्दोलनको क्रममा लक्षित बनेका छन् । प्रहरीको अनुसार, ४५ वटा पार्टी कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन् भने १७४ वटा कार्यालयमा आंशिक क्षति पुगेको छ ।

प्रवक्ता घिमिरेका अनुसार, क्षतिको सम्पूर्ण मूल्याङ्कन भने अझै सम्पन्न भइसकेको छैन। हाल देशभरबाट क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको छ ।

यस आन्दोलनले केवल राजनीतिक असन्तोष मात्र होइन, भौतिक संरचना र राज्य संयन्त्रमा समेत गहिरो असर पुर्‍याएको देखिएको छ। दीर्घकालीन पुनर्निर्माण र सुरक्षाको सवालमा सरकार र सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण आवश्यक देखिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments