काठमाडौँ, असोज ३ – भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागार र बालसुधार गृहबाट भागेका मध्ये अझै ८ हजार ८ सय १६ जना कैदीबन्दी फरार रहेका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, देशभरका २७ वटा कारागारबाट १३ हजार ५ सय ९१ जना र ९ वटा बालसुधार गृहबाट ९ सय ६४ जना कैदीबन्दी भागेका थिए।
हालसम्मको विवरणअनुसार, भागेकामध्ये ५ हजार ४ सय ९५ जना कैदीबन्दी र २ सय ४४ जना बालबन्दी फिर्ता भएका छन्। बाँकी कैदीबन्दीहरूको खोजी भइरहेको विभागले जनाएको छ।
नेपाल प्रहरीको हिरासतबाट पनि केही कैदीबन्दी फरार भएको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिइएको छ। विभागले आवश्यक विवरण संकलन गर्दै खोजी र पुनःपक्राउ प्रक्रिया अघि बढाइरहेको छ।


