Thursday, October 30, 2025
spot_imgspot_img
Homeसमाजनेपाल यात्रामा सतर्क रहन भारतीय दूतावासको आग्रह, ट्राभल एड्भाइजरी जारी

नेपाल यात्रामा सतर्क रहन भारतीय दूतावासको आग्रह, ट्राभल एड्भाइजरी जारी

काठमाडौँ, असोज ४- नेपालमा हालै सम्पन्न जेनजी आन्दोलनपछिको अवस्थालाई मध्यनजर गर्दै भारतले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौँस्थित भारतीय दूतावासले शुक्रबार एक ट्राभल एड्भाइजरी जारी गर्दै नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको हो ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ कि भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपालमा अवस्था केही हदसम्म सुधारिएको देखिए पनि सम्भावित जोखिमलाई बेवास्ता गर्न नहुने अवस्था छ । सडक तथा हवाई यात्रा सामान्य रूपमा सञ्चालनमा रहे पनि यात्राका क्रममा सतर्कता अपनाउन भनिएको छ ।

दूतावासले नेपाली प्रशासनले जारी गर्ने सूचना र आफ्नै दूतावासमार्फत प्रदान गरिने निर्देशनहरू पालना गर्न समेत भारतीय नागरिकलाई सुझाव दिएको छ । साथै, आवश्यक परेको अवस्थामा सम्पर्क गर्न सकिने आपतकालीन नम्बर, इमेल र हेल्पलाइन पनि सार्वजनिक गरिएको छ ।

जेनजी आन्दोलनपछि केही दिन देशका विभिन्न स्थानमा सामाजिक तनावको स्थिति देखिएको थियो। यद्यपि, पछिल्ला दिनहरूमा अवस्था सामान्य बन्दै गएको छ। तर, भारतले जोखिम नलिँदै आफ्ना नागरिकलाई पूर्वसावधानी अपनाउन आग्रह गरेको हो ।

दूतावासले नेपालमा रहेका वा आउन चाहने भारतीय नागरिकलाई भीडभाड भएका स्थानहरूमा सजग रहन, स्थानीय समाचारमार्फत परिस्थितिबारे अपडेट रहन र आवश्यक परे तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments