Tuesday, December 16, 2025
spot_imgspot_img
Homeसमाजमनसुन कमजोर बन्दै, आज ठूलो वर्षाको सम्भावना न्यून

मनसुन कमजोर बन्दै, आज ठूलो वर्षाको सम्भावना न्यून

काठमाडौँ, असोज ४ –केही दिनदेखि सक्रिय रहेको मनसुन प्रणाली अहिले क्रमशः कमजोर हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज ठूलो पानी पर्ने सम्भावना कम रहेको छ।

हाल सुदूरपश्चिमबाहेक अन्य अधिकांश प्रदेशमा बिहानैदेखि मौसम खुलेको छ भने थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। सुर्खेत, रुकुम, म्याग्दी, कास्की, सिन्धुपाल्चोक, दोलखा र ताप्लेजुङ लगायतका जिल्लामा बिहान सामान्य वर्षा भएको जानकारी दिइएको छ ।

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको अवस्था छ । दिउँसोतिर भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments