नेपालगन्ज असोज ५— बैजनाथ गाउँपालिका–६ मा रहेको वडा कार्यालय भवनलाई रंगरोगन गरी प्रहरी चौकी सम्झनाको कार्यालयका रूपमा उद्घाटन गरिएको छ। आईतवार एक विशेष कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय र पूर्वमन्त्री दल बहादुर सुनारले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभयो।
वडा अध्यक्ष भुपाल पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष रोकाय, विशिष्ट अतिथि पूर्वमन्त्री सुनार, बाँके जिल्ला प्रहरी प्रमुख प्र.उ. राम प्रसाद घर्ती मगर, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्र.नि. पुस्करराज पन्त, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि देब बहादुर खत्री, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य नन्द विश्वकर्मा, माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य कुल बहादुर सुनार, कांग्रेस बैजनाथ सभापति देब बहादुर केसी, एमाले बैजनाथ अध्यक्ष मन बहादुर खत्री, माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टी बैजनाथ सभापति लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, गाउँपालिका कार्यपालिका सदस्य कमान सिंह सुनार, वडा सदस्यहरु खुशीराम थारु, सुरेन्द्र बहादुर थापा, पानसरा सुनार, ईन्द्रा भण्डारीसहित जनप्रतिनिधि, कर्मचारी, युवा, समाजसेवी, पत्रकार संघ संस्थाका प्रतिनिधि र स्थानीयवासीको पनि उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमकै क्रममा वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने नवल बहादुर खत्री (२ कट्ठा), अमृता खत्री (१० धुर), कुल बहादुर सिंह ठकुरी (३ धुर) र निरु गिरि (३ धुर) लाई विशेष सम्मान गरिएको थियो।
वक्ताहरूले प्रहरी चौकी सञ्चालनले शान्ति–सुरक्षा मजबुत हुने विश्वास व्यक्त गर्दै जग्गादाताहरुको योगदानलाई ऐतिहासिक र प्रेरणादायी बताउँदै धन्यवाद ज्ञापन गरेर वडा अध्यक्ष भुपाल पुन मगरले कार्यक्रम समापन गर्नुभएको थियो।भने उक्त कार्यक्रमको प्र.नि.हरि भट्टराईले संचालन गर्नुभएको प्रहरी चौकी सम्झनाका ईन्चार्ज धन बहादुर थापाले जानकारी दिनुभयो ।



