Monday, December 15, 2025
spot_imgspot_img
Homeस्थानीयबाँकेमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार

बाँकेमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार

नेपालगन्ज असोज ५- बाँकेको राप्ती सोनारी गाउँपालिका–४ मा सोमबार राति एक २२ वर्षीया विवाहित महिलामाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका छन्।

स्थानीयका अनुसार असोज ३ गते राति करिब ९ बजे पीडित महिलालाई कालो मास्क लगाएका तीन युवाले घरमै पसेर मुख थुनी खेततर्फ लगेका थिए। करिब ५–६ सय मिटर दक्षिणतर्फ लैजाई अमानबिय तरिकाले बलात्कार गरी बेहोस अवस्थामा फालेका थिए।

पीडितलाई स्थानीयवासीले फेला पारी तत्काल इलाका प्रहरी कार्यालय धामपुरलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र स्थानीयको सहयोगमा उनलाई उद्धार गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गरिएको थियो।

पीडितका श्रीमान् रोजगारीका लागि पोखरा गएका कारण महिला घरमै एक्लै रहेको बेला घटना भएको बताइएको छ। ‘मलाई मुख थुनी खेततर्फ लिएपछी बलात्कारको सिकार भएँ,’ पीडितले प्रहरीसमक्ष बयान दिएकी छन्।

घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अनुसन्धान थालेको छ। धामपुर प्रहरीका इञ्चार्जले “पीडितलाई न्याय दिलाउन कुनै कमी हुने छैन, प्रमाण संकलनका काम तीव्र रूपमा भइरहेको छ,” भन्दै दोषीलाई कारबाही हुने बताएका छन्

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments