Sunday, November 9, 2025
spot_imgspot_img
Homeराष्ट्रियनाट्टा बाँके च्याप्टरको राँझा एयरपोर्टमा कार्यालय उद्घाटन

नाट्टा बाँके च्याप्टरको राँझा एयरपोर्टमा कार्यालय उद्घाटन

नेपालगन्ज:नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) बाँके च्याप्टरको नयाँ कार्यालय नेपालगन्ज उप-महानगरपालिका–२०, राँझा एयरपोर्टमा विधिवत् उद्घाटन गरिएको छ।

उक्त कार्यक्रम नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षता तथा निवर्तमान अध्यक्ष श्रीराम सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा साइक्लिङ संघ बाँकेका अध्यक्ष गगन थापा, वरिष्ठ पत्रकार झलक गैरेसहित विभिन्न पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिग्देलले नयाँ कार्यालयले बाँके जिल्लाका पर्यटन व्यवसायीहरूको हकहितमा काम गर्न थप सहज हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा महासचिव भागिराम ओलीले सञ्चालन गर्नुभएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments