Sunday, December 14, 2025
spot_imgspot_img
Homeराष्ट्रियदेशभरका ६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

देशभरका ६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाण्डौ असोज ६ – अहिले देशभरका ६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध र १ सय ६९ सडक खण्डमा एकतर्फी रूपमा गाडी चलिरहेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो । अरनिको राजमार्ग अन्तर्गत दोलालघाट–खाडीचौर–कोदारी राजमार्गमा आज बेलुकासम्म गाडी चलाउन सकिने विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिनुभयो ।

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग हिजो बेलुका खुले पनि सडक सफा गर्नुपर्ने भएकाले आज दिउँसो २ घण्टा बन्द रहेको छ ।

सडक विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडक खुलाउने प्रयास भइरहेको छ । वरुण नदीमा डाइभर्सन बगाएर पूर्णरूपमा अवरुद्ध कोशी राजमार्ग सञ्चालनका लागि पानीको बहावका कारण तत्काल सम्भव देखिएको छैन । तमोर नदीमा निर्मित रानीपुल बगाएपछि अवरुद्ध तमोर करिडोर खुलाउन बेलिब्रिज बनाउने पहल भइरहे पनि तत्काल सम्भव नरहेको विभागले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरूको चाप बढिरहेको भन्दै सडक सुधारको कार्य छिटो सम्पन्न गरेर उपत्यका बाहिरबाट फर्किने गाडीका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments