Sunday, December 7, 2025
spot_imgspot_img
Homeसमाजबर्दियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

बर्दियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

गुलरिया कात्तिक २२- बर्दियाको राजापुरमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गुलरिया नगरपालिका–७ का ३० वर्षीय विकास यादव रहेका छन्। घाइते हुनेमा मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

दुर्घटना राजापुर–गुलरिया खण्डको हुलाकी सडकअन्तर्गत राजापुर नगरपालिका–१०, जोगीपुरमा राति करिब ११ बजे भएको हो। लु.प्र.०३–००१ प ४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

दुर्घटनापछि घाइते दुबै जनालाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएकोमा विकास यादवलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

घाइते चालक रामदल सोनीलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ। मृतक यादवको शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ।

स्थानीयले उक्त सडकमा रातिको समयमा सवारीसाधन तीव्र गतिमा गुडाइने र सडकमा बत्तीको अभावका कारण दुर्घटनाको जोखिम बढेको बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments