Wednesday, March 4, 2026
spot_imgspot_img
Homeसमाजलुम्बिनी प्रदेशसभा हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गतेदेखि सुरु हुने

लुम्बिनी प्रदेशसभा हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गतेदेखि सुरु हुने

गुल्मी कात्तिक २८ – लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आउँदो मंसिर ८ गतेदेखि प्रदेशसभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन्। कात्तिक २४ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई अनुरोध गरेपछि संविधानअनुसार अधिवेशन आह्वान गरिएको हो।

नेपालको संविधानको धारा १८३(१) र धारा १६६(२) बमोजिम अधिवेशन मंसिर ८ गते सोमबार दिउँसो १ बजेदेखि सुरु हुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुवकुमार कुँवरले जानकारी दिएका छन्।

आगामी हिउँदे अधिवेशनमा छलफलका लागि जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन विधेयक तथा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ संशोधन विधेयक दर्ता भइसकेका छन्। साथै, दलित अधिकारसम्बन्धी विधेयकबडघरसम्बन्धी विधेयक दर्ता गर्ने तयारी भइरहेको बताइएको छ।

यससँगै विभिन्न समितिका प्रतिवेदनहरू तथा महालेखा परीक्षकको प्रतिवेदन पनि अधिवेशनमा प्रस्तुत हुनेछन्। लुम्बिनी प्रदेशमा गत भदौ ३१ गते वर्षे अधिवेशन सकिएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments