Tuesday, November 18, 2025
spot_imgspot_img
Homeस्थानीयकोहलपुरमा नवनिर्मित शवदाह गृह उद्घाटन, संरचना नगरपालिकालाई हस्तान्तरण

कोहलपुरमा नवनिर्मित शवदाह गृह उद्घाटन, संरचना नगरपालिकालाई हस्तान्तरण

नेपालगन्ज मंसिर २-  कोहलपुरमा निर्माण गरिएको नवनिर्मित शवदाह गृह सोमबार एक विशेष समारोहकाबीच औपचारिक रूपमा उद्घाटन गरी कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर अधिकारीले कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यलाई संरचनाको चाँबी हस्तान्तरण गर्दै समितिले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको जानकारी दिए। विभिन्न चुनौतीका बीच दिनरात परिश्रम गरेर निर्माण सम्पन्न गरिएको बताउँदै उनले अब स्थानीय सरकारले यसलाई थप व्यवस्थित रूपमै सञ्चालन गर्न आवश्यक कार्यविधि बनाउनुपर्ने आवश्यकता औँल्याए।

उद्घाटन समारोहमा नगरप्रमुख आचार्यले स्थानीयको सहयोग र निरन्तर प्रयासका कारण शवदाह गृह निर्माण सम्पन्न भएको बताए। प्रारम्भिक चरणमा केही समस्या आए पनि सामूहिक सहयोगले समाधान हुँदै परियोजना सफलतापूर्वक पूरा भएको उल्लेख गर्दै उनले संरचनाको पूर्ण रेखदेख र व्यवस्थापनको जिम्मेवारी नगरपालिका नै लिने स्पष्ट गरे।

हाल पहिलो चरणमा एकवटा मेसिन जडान गरेर शवदाह गृह सञ्चालनमा ल्याइएको छ। आवश्यकताका आधारमा नगरपालिका र नगर विकास समितिको सहकार्यमा थप मेसिन जडान गर्ने योजना रहेको नगरप्रमुख आचार्यले जानकारी दिए।

कार्यक्रममा शवदाह गृह निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments