नेपालगन्ज मंसिर २- चौरजहारी नगरपालिका–१, रुकुम पश्चिममा व्यापार–व्यवसाय गर्दै आउनु भएका व्यापारी राजु अन्सारीका १६ वर्षीय छोरा समीर अन्सारी (राहुल) २०८२ कात्तिक २८ गते भेरी नदीबाट बेपत्ता भएका छन् ।
परिवारका अनुसार समीर कात्तिक २८ गते को दिउँसोदेखि हराइरहेका थिए । पछि खोजतलासका क्रममा भेरी नदीको किनारमा उनको चप्पल भेटिएपछि उनी नदीमा बगेको आशंका गरिएको छ। यद्यपि हालसम्म उनको अवस्था बारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
घटना सार्वजनिक भएपछि परिवार, स्थानीयबासी र प्रहरी टोलीले नदी आसपास क्षेत्रमा खोजी कार्य जारी राखिरहेका छन् । नदीको पानीको बहाव तीव्र भएकाले खोजीमा कठिनाइ भएको बताइएको छ ।
समीरका बुवा राजु अन्सारीले छोरासम्बन्धी कुनै पनि सूचना पाउने सबैलाई तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् ।
सम्पर्क
📞 राजु अन्सारी (बुवा): 9848104450
📞 उसमान अन्सारी (अंकल): 9768248567
समीरको स्थायी ठेगाना नेपालगञ्ज उप–महानगरपालिका–४ रहेको परिवारले जनाएको छ ।
उनी बेपत्ता भएको स्थान वरिपरि खोजी तीव्र पारिएको छ । परिवारले छोराको सुक्ष्म जानकारी भएमा खबर गरिदिन सबैमा अनुरोध गरेका छन् ।


