Tuesday, November 18, 2025
spot_imgspot_img
Homeसमाजलुम्बिनी प्रदेशमा डेढ महिनामा थपिए ४५ हजारभन्दा बढी नयाँ मतदाता

लुम्बिनी प्रदेशमा डेढ महिनामा थपिए ४५ हजारभन्दा बढी नयाँ मतदाता

दाङ मङ्सिर २ – लुम्बिनी प्रदेशभर डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी नयाँ मतदाता दर्ता गरिएको छ। लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार असोज १२ गतेदेखि हालसम्म प्रदेशका १२ जिल्लामा ४५ हजार ४८८ जनाले नाम दर्ता गराएका छन्।

सूचना अधिकारी गेहेन्द्र कुँवरकाे अनुसार सबैभन्दा धेरै नयाँ मतदाता रुपन्देहीमा थपिएका छन्, जहाँ १० हजार ५३७ जनाले नाम दर्ता गराएका छन्। तीमध्ये ५ हजार ९५६ पुरुष र ४ हजार ५८१ महिला छन्।

बाँकेमा ९ हजार ४७३ जनाले नयाँ मतदाता सूचिमा नाम चढाएका छन्। कपिलवस्तुमा पुरुष २ हजार ८७८, महिला ३ हजार ५१ र १ जना अन्य गरी ५ हजार ९३० जना, दाङमा पुरुष २ हजार ८४२, महिला २ हजार ८८ र २ जना अन्य गरी ४ हजार ९३२ जना नयाँ मतदाता दर्ता भएका छन्।

नवलपरासी पश्चिममा पुरुष २ हजार ७०३, महिला २ हजार २२४ र १ जना अन्य गरी ४ हजार ९२८ जना थपिएका छन्। त्यसैगरी बर्दियामा २ हजार ५९ जना, गुल्मीमा २ हजार ४८१, अर्घाखाँचीमा १ हजार ६८१ र पाल्पामा १ हजार ५८५ नयाँ मतदाता दर्ता भएका छन्।

रोल्पामा ६४६ जना र रुकुमपूर्वमा २९० जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार मतदाता नामावली दर्ताको कार्य निरन्तर चलिरहेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments