Monday, December 8, 2025
spot_imgspot_img
Homeसमाजबाँकेमा ‘लम्पी स्किन’ नियन्त्रणमा : अधिकांश पशु स्वस्थ, संक्रमित संख्या तीव्र रूपमा...

बाँकेमा ‘लम्पी स्किन’ नियन्त्रणमा : अधिकांश पशु स्वस्थ, संक्रमित संख्या तीव्र रूपमा घट्यो

नेपालगन्ज मङ्सिर ३- बाँके जिल्लाका सात स्थानीय तहमा करिब दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको छ। आवश्यक खोपको उपलब्धता, मौसममा आएको सुधार तथा स्थानीय तहहरूले चलाएको जनचेतनामूलक अभियानका कारण संक्रमित पशुको संख्या उल्लेख्य रूपमा घटेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ।

सुरुमा १६२ भन्दा बढी पशुमा संक्रमण पुष्टि भए पनि हाल सातवटा मात्र उपचाररत छन्। राप्तीसोनारी, जानकी, नरैनापुर, खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिका प्रभावित क्षेत्र थिए। खोप वितरण, आहारामा ध्यान, निरन्तर निगरानी तथा किसान र पालिकाको संयुक्त प्रयासका कारण रोगको फैलावट रोकिएको पशु सेवा शाखाहरूले बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments