Wednesday, December 10, 2025
spot_imgspot_img
Homeसमाजअधुरै रह्यो बाबुछोराको भेट : जिप दुर्घटनामा सुजनको मृत्यु, गाउँ शोकमा

अधुरै रह्यो बाबुछोराको भेट : जिप दुर्घटनामा सुजनको मृत्यु, गाउँ शोकमा

नेपालगन्ज, मङ्सिर ३ – भारतबाट डेढ वर्षपछि घर फर्किंदै गरेका बुबालाई लिन निस्किएका १२ वर्षीय सुजन खत्रीको यात्रा दुःखद अन्त्यमा पुग्यो। सोमबार साँझ गौमुखी गाउँपालिका–५ ठूलोबेँसी नजिक जिप दुर्घटना हुँदा सुजनको मृत्यु भयो, जससँगै बुबाछोराको प्रतिक्षित भेट पनि अधुरै रह्यो। बुबा लक्ष्मण खत्रीलाई लिन सुजन दुईपटक बाटो हिडेर बाग्दुल्लासम्म पुगेका थिए, तर घर फर्कँदै गरेको जिप दुर्घटनामा परेपछि परिवार सिंगै शोकमा डुबेको स्थानीयले बताए।

घरमा सुजन आमा, दुई दिदी र एउटी बहिनीका एक्ला छोरा थिए। बाबुको विदेश पिर, आमाको काख र दिदीबहिनीको हाँसो समेटिएको परिवार सुजनकै भरमा रमाइरहेको थियो। दुर्घटनाको खबर लगत्तै बुबा र परिवारवासी विक्षिप्त बने भने आमा मनिषा अचेत भइन्।

अग्लुङ्ग निपाने गाउँ मात्र होइन, अग्लुङ्ग माध्यमिक विद्यालय पनि सुजनको निधनले स्तब्ध बन्यो। दुई घण्टा हिँडेर विद्यालय आउने १३ विद्यार्थीसहितको समूहमा अब सुजन कहिल्यै देखिँदैन। मंगलबारको प्रार्थना सभामा साथी, शिक्षक र विद्यालय समुदाय आँसु रोक्न नसकेका शिक्षक कृष्ण चन्दले बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments