काठ्माण्डौं मङ्सिर ३ – देशभर आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको नयाँ मूल्य तोलाको २ लाख ४२ हजार ३ सय रुपैयाँ पुगेको छ।
हिजो भने सुनको भाउ ३ हजार ८०० रुपैयाँले घट्दै २ लाख ३९ हजार ५ सय रुपैयाँमा झरेको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ६० रुपैयाँले बढेर ३ हजार १ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।


