Monday, December 8, 2025
spot_imgspot_img
Homeस्थानीय११औँ धारा नेपालगन्ज म्याराथन र कनक्लेवको तयारी पूरा, विजेतामध्ये दुई लाखसम्म पुरस्कार

११औँ धारा नेपालगन्ज म्याराथन र कनक्लेवको तयारी पूरा, विजेतामध्ये दुई लाखसम्म पुरस्कार

नेपालगन्ज, मङ्सिर ४ – आगामी मङ्सिर ६ गते आयोजना गरिन लागिएको ११औँ धारा नेपालगन्ज म्याराथन तथा नेपालगन्ज कनक्लेवका सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। पत्रकार भेटघाट कार्यक्रममा आयोजकहरूले कार्यक्रमको संरचना र पुरस्कार राशी सार्वजनिक गरेका हुन्।

धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीका अनुसार यस वर्ष पुरुष खुला म्याराथन (४२.१९५ किमी) का विजेताले नगद दुई लाख, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। सो श्रेणीमा दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं हुनेलाई क्रमशः एक लाख, पचास हजार, २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ। शीर्ष १० भित्र पर्ने सबैले ५ हजार प्राप्त गर्नेछन्।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार म्याराथन पूरा गर्ने प्रत्येक धावकलाई पनि ५ हजार, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। भेट्रान (४५ वर्षमाथि) पुरुषतर्फ शीर्ष तीनले क्रमशः २५ हजार, १५ हजार र १० हजार पाउनेछन्।

महिला हाफ म्याराथन (२१ किमी) को विजेताले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार प्राप्त गर्नेछन्।

त्यसैगरी १० किमी खुला दौडका पुरुष तथा महिलातर्फ शीर्ष तीनले २५ हजार, १५ हजार र १० हजार पुरस्कार पाउनेछन्। ५ किमी स्कुलस्तरीय छात्र–छात्रातर्फ शीर्ष तीनका लागि क्रमशः ५ हजार, ३ हजार र २ हजार सहित पदक र प्रमाणपत्रको व्यवस्था गरिएको छ।

ह्वीलचेयरतर्फ शीर्ष तीनलाई ५ हजार, ३ हजार र २ हजार दिइनेछ भने किड्स रनका सम्पूर्ण सहभागीले पदक पाउनेछन्। कर्पोरेट रनतर्फ शीर्ष तीनले पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्राप्त गर्नेछन्, जसको घोषणा म्याराथनपछि गरिनेछ।

यसपटक एक विद्यालयलाई ‘नेपालगन्ज ट्रफी’ मार्फत सम्मान गरिनेछ, जसले स्वस्थ समाज निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्यांकन हुनेछ।

नेपालगन्ज कनक्लेवका विभिन्न सत्रमा महानायक राजेश हमाल, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल, मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा. नवराज केसीलगायतका वक्ताहरू सहभागी हुनेछन्।

कनक्लेवमा “महानगर एक सपना”, “खेलकुदले जोड्छ देश”, “जेनजी विद्रोहपछिको नेपाल : अन्योल र अवसर”, “नेपालगन्ज : आर्थिक राजधानीको सम्भावना”, “युगदेखि युगसम्मका महानायक” तथा “प्रविधि : वरदान कि अभिशाप?” जस्ता विषयमा बहस र छलफल हुने आयोजक जनक नेपालले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments