कोहलपुर । एफसीडी नेपालद्वारा आयोजित ‘गुड गभर्नेन्स, डेमोक्रेसी एण्ड सोसलिज्म’ विषयक सिकाइ–आदानप्रदान कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ। समाज, राजनीति र सञ्चार क्षेत्रमा सक्रिय ४० जना सहभागी उपस्थित रहेका कार्यक्रममा सुशासन, लोकतन्त्र, समाजवाद र भूराजनीतिक परिवेशबारे गहन चर्चा गरिएको थियो।
प्रशिक्षक अशेश घिमिरे ले समाजवादी आन्दोलन सफल बनाउन सुशासन, लोकतन्त्र र समाजवादबीचको गहिरो सहसम्बन्ध बुझ्न आवश्यक रहेको बताए। उनले भूराजनीतिक विश्लेषण बिना साम्राज्यवाद र पुँजीवादी संरचनासँग लड्न कठिन हुने उल्लेख गरे।
अर्का प्रशिक्षक डा. खगेन्द्र प्रसाईं ले भ्रष्टाचार पुँजीवादी संरचनाको अनिवार्य प्रक्रिया भएको भन्दै सुशासनलाई सामाजिक न्याय र संरचनागत रूपान्तरणको मुख्य आधारको रूपमा प्रस्तुत गरे।
सहभागीहरूले कार्यक्रमलाई व्यावहारिक, ज्ञानवर्द्धक र समयानुकूल रहेको बताउँदै यस्ता प्रशिक्षण निरन्तर आवश्यक रहेको सुझाव दिएको अब्दुल हुँसैन खानले जानकारी दिनुभयो ।



