Monday, December 8, 2025
spot_imgspot_img
Homeयुनिक गतिबिधिगण्डकी गीतले समाउँदै अर्जुन बरालको नयाँ उचाइ

गण्डकी गीतले समाउँदै अर्जुन बरालको नयाँ उचाइ

नेपालगन्ज/ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चित बन्दै गएका कलाकार अर्जुन बरालको नयाँ प्रस्तुति ‘गण्डकी’ गीतले छोटो समयमा व्यापक चर्चा कमाएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जन्मिएका अर्जुन संगीतमा विश्वव्यापी पहिचान बनाउने ध्येयका साथ निरन्तर अघि बढिरहेका छन्।

उनैको प्रस्तुतिमा बनेको गण्डकी गीत दर्शक–श्रोताबाट सोशल मिडियामा प्रशंसा बटुल्दै छ। गीतमा अर्जुन बराल र जुना विश्वकर्माको आकर्षक नृत्य–अभिनय प्रस्तुत गरिएको छ। म्युजिक भिडियोको निर्देशन एकेन्द्र साराशंकरले गरेका हुन् भने छायांकन नवराज उप्रेतीको रहेको छ।

गीतमा प्रतिभावान संगीतकार असिमचन्द्र विश्वकर्माको संगीत रहेको छ। हालैका हिट गीत ‘नन्दनी’, ‘लौननी भैया’, ‘डोरीबाटेर’, ‘कौवा करायो’, ‘देउ न त्यो मन’, ‘बन्दीपुरे माइलो’ का सर्जक बिक्रमबाबु विश्वकर्माले शब्द लेखेका छन्। चर्चित गायिका देवी घर्ती मगर र लोकप्रिय गायक दिप्लभ खातीको स्वरले गीतलाई झनै दमदार बनाएको छ। संगीत संयोजन संगीतकार श्यामस्वेत रसाईलीले गरेका हुन्।

यसअघिका ‘झोला बोकेर’, ‘जुनेली’ र ‘थोरै थोरै आत्तिन्छु कि’ जस्ता चर्चित गीतपछि ‘गण्डकी’ अर्जुन बरालको अर्को उल्लेख्य योगदान मानिएको छ। गीत अर्जुन बराल अफिसियल युट्युब च्यानलमार्फत उपलब्ध छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments