Monday, December 8, 2025
spot_imgspot_img
Homeस्थानीयराप्ती नदीको सिधनियाघाट पुल ५० प्रतिशतभन्दा बढी सम्पन्न

राप्ती नदीको सिधनियाघाट पुल ५० प्रतिशतभन्दा बढी सम्पन्न

नेपालगन्ज मङ्सिर १२- बाँकेको बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माण भइरहेको पक्की पुलको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार प्रारम्भिक डिजाइनका कारण करिब एक वर्ष ढिलाइ भए पनि अहिले निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। उहाँले आगामी असारभित्र पुल निर्माण पूरा गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।

एक अर्ब १९ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो बहुप्रतिक्षित संरचनाले स्थानीयको लामो समयदेखिको आवागमन समस्या समाधान हुने अपेक्षा गरिएको छ। ११ मिटर चौडाइको दुई लेन पुल निर्माणपछि नरैनापुर र राप्तीसोनारी क्षेत्रका बासिन्दाले दशकमैपछिको सहज यातायात सुविधा प्राप्त गर्नेछन्।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार हालका साँघुरा पुलका कारण सवारीहरूले पालो कुर्नुपर्ने बाध्यता स्थानीयको प्रमुख समस्या बनेको छ। नयाँ पुल निर्माणपछि यो समस्या अन्त्य हुने विश्वास उनले व्यक्त गरे।

राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूले पुल निर्माण तीव्र रूपमा अघि बढिरहेको बताउँदै छिट्टै सहज आवागमनको वातावरण बन्ने धारणा राख्नुभयो। उहाँका अनुसार करिब १५ वर्षअघि सिधनियाघाटमा बनेको पुरानो पुल साँघुरो भएपछि स्थानीयको मागअनुसार नयाँ संरचना निर्माण थालिएको हो।

२०७९ माघ १० गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा बजेट छुट्याएपछि लुम्बिनी–रौताह–बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनाभित्र काम पूरा गर्ने गरी सम्झौता गरिएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments