Monday, December 8, 2025
spot_imgspot_img
Homeराष्ट्रियलमहीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सभा सम्पन्न

लमहीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सभा सम्पन्न

शान्तिका दूत बुद्धभूमि लुम्बिनी राजधानी लमहीबाट देशभर फैलियो बाम एकताको सन्देश

दाङ, लमही — शान्तिका दूत बुद्ध जन्मिएको पवित्र भूमिसँग जोडिएको लुम्बिनी प्रदेशको राजधानी लमहीमा शनिबार नेपाली कम्युनिस्ट पार्टीले गरेको बृहत् एकता सभा हजारौं कार्यकर्ता र जनसमुदायको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ।
यस ऐतिहासिक सभाले लमहीबाट देशभर बाम एकताको शक्तिशाली सन्देश फैलिएको नेताहरूले बताएका छन्।

कार्यक्रमको अध्यक्षता नेता बलदेव खनालले गर्नुभयो। सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधव कुमार नेपाल, तथा नेताहरू डा. भीम रावल, बामदेव गौतम, वर्षमान पुनलगायत शीर्ष नेतृत्वले समसामयिक राजनीति, बाम एकताको आवश्यकता र पार्टीको भावी दिशा–निर्देशनबारे विस्तृत धारणा राखे।

बाम एकताको नयाँ ऊर्जा सह–संयोजक नेपालका अनुसार पार्टी अब जेनेरेसन–वाइज नेतृत्व विकास गर्दै नयाँ पुस्तालाई जिम्मेवारीसहित अगाडि ल्याउन केन्द्रित छ।

संयोजक प्रचण्डले नेकपा एमाले  अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै “गल्ती स्वीकारेर एकताको बाटो लिन आएमा बृहत् बाम एकता थप दृढ हुन्छ” भन्ने संकेत गर्नुभयो। उनले एमाले  भित्रका ‘सच्चा कम्युनिस्टहरू’ पनि क्रमशः नेपाली कम्युनिस्ट पार्टीमा आकर्षित हुँदै जाने दाबी गर्नुभयो।

प्रदेश राजनीतिमा तरंग लमही एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला भएकाले प्रचण्डको अभिव्यक्तिले प्रदेश राजनीतिमा नयाँ तरंग र बहस सिर्जना गरेको राजनीतिक विश्लेषकहरूले जनाएका छन्।
नेताहरूले आगामी निर्वाचनमा जनविश्वास पुनःस्थापित गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रमको सञ्चालन प्रदेश इन्चार्ज मेटमनि चौधरीले गर्नुभयो। सम्पूर्ण विवरणबारे जानकारी नेता शिव प्रसाद डाँगीले दिनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments