Sunday, December 7, 2025
spot_imgspot_img
Homeसमाजशिक्षाकोहलपुरमा तेस्रो प्याब्सन रनिङशील्ड हुने

कोहलपुरमा तेस्रो प्याब्सन रनिङशील्ड हुने

कोहलपुर, मंसिर १२ — प्याब्सन कोहलपुरद्वारा आयोजना हुने तेस्रो नगरस्तरीय रनिङशील्ड खेलकुद प्रतियोगिता–२०८२ मंसिर १७ देखि २० गतेसम्म कोहलपुरमा हुने भएको छ।
कोहलपुरमा गरिएको पत्रकार सम्मेलनमा प्याब्सन कोहलपुरका अध्यक्ष रमेश खत्रीले खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान तथा विद्यालयबीचको सम्बन्ध मजबुत बनाउन प्रतियोगिता निरन्तरता दिइएको बताए।प्रमुख सल्लाहकार गोविन्द सुवेदीले तयारी पूरा भएको जानकारी दिँदै यस वर्ष माध्यमिक, आधारभूत र आयु समूह (आ.वि.) गरी विभिन्न खेलतहतर्फ प्रतिस्पर्धा हुने बताए।

आयोजनावद्ध विवरण अनुसार—माध्यमिक तह: एथलेटिक्स ५३२, भलिबल ३४२, अन्य प्रतियोगिता ५६८ आधारभूत तह: एथलेटिक्स ४४८, फुटसल २५० माबि समूह: ९२० जम्मा १,८३४ खेलाडी प्रत्यक्ष प्रतिस्पर्धामा उत्रनेछन्।

प्रतियोगिता कोहलपुर नगरपालिका अन्तर्गत खुला मैदानहरूमा सञ्चालन हुनेछ। उद्घाटन समारोह मंसिर १७ गते विशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा आयोजना गरिने तयारी छ।

प्याब्सन कोहलपुरले विद्यालयगत खेलकुद प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएको छ। यस वर्षको रनिङशील्ड प्रतियोगिताले पनि विद्यार्थीको प्रतिभा निखार्ने र भविष्यका खेलाडी उत्पादनमा योगदान गर्ने अपेक्षा गरिएको प्रवक्ता रबि रोकायले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments